गृहपृष्ठ बागमती प्रदेशसभा बैठक भदौ १ गते
बागमती प्रदेशसभा बैठक भदौ १ गते
हेटौँडा । बागमती प्रदेशसभाको बैठक आगामी भदौ १ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालय हेटौँडाले आज सूचना जारी गर्दै उक्त दिन दिउँसो १ः०० बजेका लागि बैठक आह्वान गरेको हो ।
प्रदेशसभा सचिवालयका प्रवक्ता प्रकाश चापागाईँका अनुसार जारी आठौँ अधिवेशनअन्तर्गत बस्ने बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १८८ को उपधारा ९२० तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्न लाग्नुभएको उहाँले जानकारी दिए।
मुख्यमन्त्रीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम सभामुखले बैठकको मिति र समय निर्धारण गरेको प्रवक्ता चापागाईँले बताए।
यसअघि चालु आर्थिक वर्षको बजेट पारित गर्ने प्रयोजनका लागि गत असार २० गते प्रदेशसभा बैठक बसेको थियो । त्यसपछि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बैठक ४३ दिनपछि बस्न लागेको हो ।
प्रकाशित समय : १८:२३ बजे


















