काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चार महिनामा दुई हजार किलोभन्दा बढी गाँजा बरामद

315
shares

इनरुवा । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा दुई हजार किलोग्रामभन्दा बढी गाँजा बरामद गरेको छ ।

जिल्लाका विभिन्न सीमावर्ती नाकाबाट चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा दुई हजार २८२ किलोग्राम ३१ ग्राम गाँजा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक लभकुमार सापकोटाले जानकारी दिए ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उक्त परिमाणको गाँजा बरामद भएको उनले बताए । सशस्त्र प्रहरी उपरीक्षक सापकोटाका अनुसार चालु आर्थिक वर्षको साउनमा १० किलोग्राम, भदौमा एक हजार ६०१ किलोग्राम ९६ ग्राम, असोजमा ६३७ किलोग्राम ३ ग्राम र कात्तिक महिनामा ३३ किलोग्राम ५ ग्राम गाँजा बरामद भएको हो ।

यस अवधिमा गाँजा कारोबारमा प्रयोग भएका ९ वटा मोटरसाइकल तथा एउटा एम्बुलेन्ससहित ३ वटा चारपाङ्ग्रे सवारीसाधनसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।