काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विपदका कारण गोरखा र सुर्खेतका मुख्य राजमार्गमा अवरोध

567
shares

काठमाडौं । बाढी र पहिरो जस्ता विपदका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाटोको अवस्थाबारे जानकारी दिएको हो ।

गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ऐ. गाउँपालिका–९ नयाँपुल (सोतिमा रहेको फलामे पुल र गोरखा आरुघाटबाट धादिङ जोड्ने राजमार्ग) बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

गोरखाकै आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्डमा बाढीका कारण अवरोध सृजना भएकोमा हाल साना सवारी साधन मात्र सुचारु भइरहेका छन् ।

कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्ग पहिरोका कारण अवरुद्ध भएकोमा हाल उक्त सडक खण्ड एकतर्फी रूपमा सुचारु भएको छ ।