गृहपृष्ठ कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै
कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्दैछ । पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि समय भने निश्चित भइसकेको छैन । पार्टीको घोषणापत्र बनाउन कांग्रेसले महामन्त्री गगन थापा संयोजक रहेको घोषणापत्र तयारी समिति बनाएको थियो ।
समितिका एक सदस्यले घोषणापत्र तयारीको सबै काम सकिएको भन्दै आज त्यसलाई सार्वजनिक गर्ने तयारी गरिएकाे हाे । कांग्रेसले घोषणा पत्रमार्फत् जनतालाई अनावश्यक सपना नबाँड्ने भनेको छ । घोषणापत्रमा समेट्ने विषयवस्तुबारे विभिन्न विज्ञहरुसँग कांग्रेसले राय सुझाव लिएको थियो ।
यसअघि एमालेसहितका दलहरूले घाेषणापत्र सार्वजनिक गरिसकेका छन् ।
प्रकाशित समय : १५:५२ बजे


















