global ime bank Long Banner Ad

गृहपृष्ठ आचारसंहिताविपरीतका प्रचार साम्रगी हटाइयो

आचारसंहिताविपरीतका प्रचार साम्रगी हटाइयो

आचारसंहिताविपरीतका प्रचार साम्रगी हटाइयो

आसन्न स्थानीय तह निर्वाचनका लागि नेपालगञ्जका विभिन्न स्थानमा राखिएका आचारसंहिताविपरीतका प्रचार साम्रगी हटाइएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्णयानुसार ती प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

यसअघि सो समितिले आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउन सचेत गराएको थियो । नेपालगञ्जको त्रिभुवनचोक, सदरलाइन, बागेश्वरी मन्दिर लाइनलगायतका क्षेत्रमा रहेका डिजिटल, बोर्ड, फ्लेक्स बोर्ड, झण्डा, ब्यानर प्रहरीले हटाएको हो ।

निर्वाचन आचारसंहिता २०७८ मा उम्मेदवारको कार्यालयमा तुल (कपडा)मा बनाइएको ३४३ फिटको दलको झण्डा, त्यही नापको चुनाव चिह्नबाहेक दलको प्रचार-प्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स बोर्डलगायतका श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने उल्लेख छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जिल्लामा भएका अन्य निर्वाचन आचारसंहिताविपरीतका कार्य रोक्न अन्य निर्वाचन अधिकृतको कार्यालयलाई पनि जानकारी गराएको बताए ।

यसैबीच बाँकेमा स्थानीय तह निर्वाचनका लागि मनोनयनको सबै तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयमा सबै सामग्री पुगिसकेको जानकारी दिइन् ।

प्रकाशित समय : १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु