गृहपृष्ठ रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट  १० अर्बको स्रोत सहमति

रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट  १० अर्बको स्रोत सहमति

रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट  १० अर्बको स्रोत सहमति
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रुपमा आपूर्ति गर्न तयारी अघि बढाएको छ ।
आगामी यामका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट रु १० अर्ब बराबरको स्रोत सहमति प्राप्त भएको छ । स्रोत सहमति प्राप्त भएसँगै उक्त रकमबाट आवश्यक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।
समयमै मलको व्यवस्थापन गरी किसानले खेती गर्ने समयमा मल अभाव व्यहोर्न नपरोस् भन्ने उद्देश्यले खरिद प्रक्रिया र आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउन मन्त्री चौधरीले निर्देशन दिएको हो ।

प्रकाशित समय : १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु