झापामा २५ लाखभन्दा बढीको अवैध आयातित फूलमाला बरामद
वि.सं.२०८३ कात्तिक २२ आइतवार १९:१७
shares

झापा। सशस्त्र प्रहरी बल, नेपालले भद्रपुरबाट ठूलो परिमाणमा अवैध रूपमा ल्याइएको भारतीय फूलमाला बरामद गरी नष्ट गरेको छ ।
आज दिउँसो १२ः०० बजेतिर सशस्त्र प्रहरी बल नेपालको २ नं। गणबाट खटिएको गस्ती टोलीले भद्रपुर नगरपालिका वडा नं। ५ स्थित देवीबस्ती इलाकामा २५ लाख ६३ हजार ४०० मूल्य बराबरको फूलमाला बरामद गरेको गणपति सचिन कर्माचार्यले जानकारी दिए ।
बरामद गरिएका सयपत्री लगायतका फूलमालाहरू गणको कार्यालय परिसरभित्र खाली जग्गामा खाल्डो खनी पुरेर नष्ट गरिएको उनले बताए । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा स्थानीय किसानले उत्पादन गरेको फूल नै तिहारमा पर्याप्त हुने जनाउँदै आयातितफूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन जारी गरेको थियो ।

























