काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राइफलको गोलीसहित एक जना पक्राउ

315
shares

काठमाडौँ। थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँड्डुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका ४२ वर्षीय सुरेन्द्र नेपालीको साथबाट सो गोली फेला पारेको हो । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

जुवा खालबाट नौ जना पक्राउ

प्रहरीले बालुवाटारस्थित एक रेष्टुरेन्टबाट आज तास खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरेको छ । उनीहरुका साथबाट नौ बुक तास, छ लाख ८५ हजार र १० थान मोबाइल बरामद गरिएको परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।