global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ रिभर फल्स पावरको ७ करोडको आईपीओ भर्ने आज अन्तिम दिन

रिभर फल्स पावरको ७ करोडको आईपीओ भर्ने आज अन्तिम दिन

रिभर फल्स पावरको ७ करोडको आईपीओ भर्ने आज अन्तिम दिन

रिभर फल्स पावर लिमिटेडले चैत २७ गतेदेखि स्थानीयबासिन्दाका लागि जारी गरेको ७ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

साधारण सेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुले छिटोमा आज अर्थात बैशाख ११ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीको आईपीओमा आयोजनाको कार्यालय संखुवासभा, प्राइम कमर्सियल बैंकको खाँदवारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदवारी शाखा र ग्लोबल आइएमई बैंकको खाँदवारी र चैनपुर शाखा कार्यालयबाट समेत भर्न सकिनेछ ।

यस्तै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आईपीओमा आवेदन दिन सकिने व्यवस्था रहेको छ ।स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्तासम्म खरीदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलो चरणमा संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाका लागि प्रतिसेयर १०० अंकित मूल्यका ७ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस आईएस रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । रिभर फल्स पावरले ३४ करोड ३० लाख रुपैयाँ ३४ लाख ३० हजार कित्ता सेयर जारी गर्न स्वीकृत पाएकोमा पहिलो चरणमा स्थानीय बासिन्दालाई जारी पूँजी ७० करोड रुपैयाँको १० प्रतिशत सेयर बाँडफाँड पश्चात दोस्रो चरणमा जारी पूँजीको ३९ प्रतिशत २७ करोड ३० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा बिक्रीमा ल्याउनेछ ।

रिभल फल्स पावर लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०।३० मेगावाटको आयोजना निर्माण गरिरहेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित समय : १५:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु