गृहपृष्ठ २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान  

२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान  

२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान  
काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाल १२औँ स्थानमा सीमित बनेको छ । योसँगै जारी प्रतियोगितामा नेपालको महिला भलिबलको यात्रा टुङ्गीएको छ । यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले महिला भलिबलतर्फ ११औँ स्थान प्राप्त गरेको थियो ।
जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा आज भएको खेलमा नेपाल मङ्गोलियासँग ३–० सोझो सेटमा पराजित भएको हो । मङ्गोलियाले पहिलो सेट २५–२३ अङ्कले जित्यो । मङ्गोलियाले दोस्रो सेट २५–१७ अङ्क तथा तेस्रो सेट २५–१३ अङ्कले जित्यो ।
प्रतियोगितामा नेपालले पाँचवटा खेल खेलेको थियो । जसमध्ये एउटामा जित तथा चारवटामा पराजित भयो । समूह चरणको खेलमा  नेपाल जापान र इन्डोनेसियासँग पराजित भएको थियो भने त्यसपछि नवौँदेखि १४औँ स्थानका लागि भएका खेलमा नेपालले कजाकिस्तानलाई मात्र पराजित गर्न सफल भएको थियो । हङकङसँगको खेलमा नेपाल पराजित भएको थियो ।

प्रकाशित समय : १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु