global ime bank Long Banner Ad

गृहपृष्ठ तालमेल गर्ने वा नगर्ने अधिकार स्थानीय कमिटीलाई छ, कसैले लाद्न पाउँदैन : गगन थापा

तालमेल गर्ने वा नगर्ने अधिकार स्थानीय कमिटीलाई छ, कसैले लाद्न पाउँदैन : गगन थापा

तालमेल गर्ने वा नगर्ने अधिकार स्थानीय कमिटीलाई छ, कसैले लाद्न पाउँदैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेल गर्ने वा नगर्ने अधिकार स्थानीय कमिटीलाई भएको बताएका छन् । शनिबार बुढानीलकण्ठमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले तालमेल गर्ने विषयमा तल्लो कमिटी स्वतन्त्र रहेको बताए ।

कुनै जिल्लामा तालमेल भएको र कुनैमा नभएको उदाहरण दिँदै आवश्यक्ताका आधारमा निर्णय गर्न आग्रह गरे ।

‘पर्सामा तालमेल नगर्ने निर्णय भएको छ । गुल्मीमा तालमेल गर्ने निर्णय भएको छ’, महामन्त्री थापाले भने, ‘पार्टीको निर्णयबारे कोही अलमलिनु पर्दैन । स्थानीय तहको साथीहरूले तालमेल गर्ने निर्णय गर्न पनि पाउनु हुन्छ, नगर्ने निर्णय गर्न पनि पाउनुहुन्छ । कसैले लाद्न पाउँदैन ।’

प्रकाशित समय : १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु