global ime bank Long Banner Ad

गृहपृष्ठ माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रले २४ सै घण्टा सेवा प्रदान गर्ने

माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रले २४ सै घण्टा सेवा प्रदान गर्ने

माछापुच्छ्रे  बैंकको ग्राहक सेवा केन्द्रले २४ सै घण्टा सेवा प्रदान गर्ने

माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसरमा आफ्नो ग्राहक सेवा केन्द्रलाई दिनको २४ सै घण्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरी सुरुवात गरेको छ ।

बैंकिङ क्षेत्रमा नयाँ-नयाँ स्मार्ट सुविधा सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको बैंकले ग्राहकलाई मध्यनजर गर्दै यसअघि सिमित अवधिका लागि सञ्चालन गरिरहेकोे सेवा हरेक दिन २४ सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो । ग्राहक सेवा केन्द्रले ग्राहकलाई परेको समस्याको समाधान बैंकको औंपचारिक सामाजिक सञ्जाल तथा टेलिफोनमार्फत सुविधा दिँदै छ ।

बैंकको गुणस्तरीय सेवा विस्तारका साथै देश तथा विदेशमा रहेका ग्राहकलाई बैंकसँग सम्बन्धित सूचना आदान-प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भूमिका खेल्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ग्राहकले ०१५९७०५५५ नम्बरमा फोन गरी आफूलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्नेछन् । जसबाट ग्राहकले बैंकसँग सम्बन्धित विभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथा अन्य कुराको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुनेछ ।

बैंकले हाल देशका सातवटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दैछ । 

प्रकाशित समय : १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु