काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

महानगरबारे कांग्रेसमा जुटेन सहमति, पुनः कार्यसम्पादन समितिको बैठक बस्दै

12.01K
shares

शुक्रबार मध्यरातसम्म नेपाली कांग्रेसका शीर्ष नेताहरु उम्मेद्वारको टुंगो लगाउन घनिभूत छलफल चलाए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक कुनै पनि उम्मेदवारको टुंगो नलगाइ सकियो । नेताहरूले आ-आफ्नो पक्षका उम्मेद्वारको सिफारिसलाई प्राथमिकता दिएपछि सहमति जुट्न नसकेको हो । तर पनि काठमाडौंको मेयरमा सिर्जना सिंहको नाम टुंगिएको बैठकमा सहभागी एक नेताले बताए ।

विराटनगर महानगरको मेयरका लागि नागेश कोइराला, भीम पराजुली, डीला संग्रौला र अमृत अर्यालको विषयमा बढी छलफल भएको थियो ।

कोइरालाको पक्षमा नेता डा. शेखर कोइराला उभिएका थिए । अर्का नेता कृष्ण सिटौलाले वर्तमान मेयर भीम पराजुली नै दोहोर्‍याउनु पर्ने अडान लिएको बैठकमा सहभागी एक नेताले बताए । देउवा पक्ष भने डिला संग्रौला र अमृत अर्यालका विषयमा विभाजित बनेको थियो ।

शनिबार पुनः केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर सहमति खोज्ने प्रयास गरिएको छ । शुक्रबारका लागि तय गरिएको बैठक एक दिनपछि आज बस्न लागेको हो । बैठक आज बिहान ११ बजे बस्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । शुक्रबार पदाधिकारीको बैठक लम्बिएपछि कार्यसम्पादन समितिको बैठक स्थगित भएको थियो ।

आजको बैठकमा महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारबारे छलफल हुनेछ ।