skip this prabhu bank contant

गृहपृष्ठ महानगर र उपमहानगरको उम्मेदवार चयन गर्न एमाले सचिवालय बैठक बस्दै

महानगर र उपमहानगरको उम्मेदवार चयन गर्न एमाले सचिवालय बैठक बस्दै

महानगर र उपमहानगरको उम्मेदवार चयन गर्न एमाले सचिवालय बैठक बस्दै

महानगर र उपमहानगरको उम्मेद्वार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बैठक बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

यसअघि बिहीबार बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले ७ वटा प्रदेश कमिटीले पार्टीमा सिफारिस गरेको नाम पढेर सुनाएका थिए । ललितपुर हरिकृष्ण व्यञ्जकार, भरतपुरमा विजय सुवेदी र वीरगञ्जमा विजय सरावगीको मात्रै नाम एकलरुपमा सिफारिस भएर आएकाले उनीहरुको टुंगो लागिसकेको जनाइएको छ।

काठमाडौं, पोखरा महानगर र अन्य उपमहानगर लगायतका स्थानीय तहमा उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो।

आइतबार र सोमबार उम्मेदवारी दर्ताको लागि निर्वाचन आयोगले समय निर्धारण गरेको छ । दलहरुलाई अब एक दिनको समय बाँकी छ ।

प्रकाशित समय : १३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु