global ime bank Long Banner Ad

गृहपृष्ठ यूइएफए नेसन्स लिग: स्पेनको सहज जित

यूइएफए नेसन्स लिग: स्पेनको सहज जित

यूइएफए नेसन्स लिग: स्पेनको सहज जित

'यूइएफए नेसन्स लिग'अन्तर्गत गएराति भएको खेलमा स्पेनले चेक रिपब्लिकविरुद्ध २-० को सहज जित निकालेको छ । समूह ए २'को खेलमा अधिकांश समय बलमा पकड बनाएको स्पेन जितसँगै शीर्षस्थानमा उक्लिएको हो ।

जितसँगै समूहमा चार खेलसँगै ८ अंक बनाएको स्पेन शीर्षस्थानमा छ । स्पेनको जितमा कार्लोस सोलर र पाब्लो सरवियाले एक/एक गोल गरे । कार्लोसले २४औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए । ७५औं मिनेटमा सरवियाले गोल गरेपछि स्पेनकाे जित पक्का भयाे ।

लगातार खराब प्रदर्शनबाट गुज्रिएको चेक रिपब्लिक चार खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रकाशित समय : १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु