global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ  दलित र गैरदलितका छुट्टाछुट्टै धारा

 दलित र गैरदलितका छुट्टाछुट्टै धारा

 दलित र गैरदलितका छुट्टाछुट्टै धारा

सुन्दा पनि अचम्म लाग्न सक्छ पूर्वीचौकी गाउँपालिका–२ कुडासैन गाउँमा दलित र गैरदलितका लागि छुट्टाछुट्टै धारा निर्माण गरिएका छन् । यहाँका गाउँमा वर्षौं पहिलेदेखि दलित र गैर दलितका लागि छुट्टै धारा निर्माण गरिएका छन् ।

उक्त गाउँको पानीको मुहानमा तीन पानीका धारा निर्माण गरिएका छन् । तीन धारामध्ये दुई धारामा कुडासैनका दलित समुदायका व्यक्तिले जान पाउँदैनन् । दलित समुदायका लागि छुट्टै एक धारा निर्माण गरिएको छ ।

कहिलेकाहीँ उक्त धारामा पानी नआउँदा भने दलितले टाढाबाट (गैर दलित नछुने गरी) भाँडोमा पानी माग्नुपर्ने बाध्यता रहेको स्थानीय दलित बताउँछन् । दलित र गैरदलितको खानेपानीको धारा फरक–फरक रहँदा लजास्पदको कुरा रहेको दलित अगुवाको भनाइ छ ।

नेपालको कानुन र संविधानले जातीय विभेदलाई दण्डनीय अपराध भनी सजायको व्यवस्थासमेत गरिसकेको भए पनि यहाँका विकट गाउँमा उक्त कानुन व्यावहारिक पक्ष फितलो हुँदा अहिले पनि सानो जात र ठुलो जातका आधारमा विभिन्न किसिमका विभेद हुँदै आएको स्थानीयवासी जोगी विष्टले बताए । 

जातीय विभेदका कारणले अहिले पनि देशको एउटा ठुलो समुदाय राज्यका विकास निर्माणका काममासमेत सहभागी हुन नपाएको सम विकास केन्द्रका अध्यक्ष अधिराज विसीले बताए ।  राजनीतिक दल, नागरिक समाज र विभिन्न संघसंस्थाले दलित र पछाडि पारिएका समुदायको हकहितका निम्ति विभिन्न कालखण्डमा ठुला आन्दोलन गरे पनि अहिलेसम्म जातीय विभेद उन्मूलन हुन नसकेको विसीको भनाइ छ । 

प्रकाशित समय : २२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु