nmb bank

गृहपृष्ठ ताेलामा एक हजार रुपैयाँले महँगियो सुन

ताेलामा एक हजार रुपैयाँले महँगियो सुन

ताेलामा एक हजार रुपैयाँले महँगियो सुन

आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि भएकाे छ । आज शुक्रबार अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँले बढ्दै छापावाला सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजाबी सुनको मूल्यसमेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै ७६ हजार ८०० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले बढ्दै एक हजार २७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित समय : १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु