काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थप १८ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य

12.87K
shares

नेपालमा २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८ सय २२ पीसीआर परीक्षणका क्रममा १२ जना र १ हजार ५ सय २० एन्टिजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार ४ सय १४ पुगेको छ ।

कोरोनाका कारण शुक्रबार पनि कसैको ज्यान गएको छैन । हालसम्म नेपालमा ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ सय ७१ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ९ सय ६० सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।