गृहपृष्ठ राष्ट्रपतिद्वारा राजदूत डा. शर्मालाई सपथ

राष्ट्रपतिद्वारा राजदूत डा. शर्मालाई सपथ

राष्ट्रपतिद्वारा राजदूत डा. शर्मालाई सपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा. शर्मालाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । समारोहमा परराष्ट्रमन्त्री डा. नारायण खड्का उपस्थित थिए ।

नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा. शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।

प्रकाशित समय : २१:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु