काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मधेसका सबै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने मुख्यमन्त्री यादवको निर्णय

1.53K
shares

जनकपुरधाम – मधेस प्रदेश सरकारले बेरोजगारी न्यूनीकरण तथा युवालाई सीपयुक्त बनाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेशका ८ वटै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आईतबार पदभार गर्ने क्रममा प्रदेशमा विद्यमान गरिबी, बेरोजगारी र न्यून साक्षरताजस्ता समस्याको समाधानका लागि सीप विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गरेका हुन् ।

प्रस्तावित कार्यक्रमअन्तर्गत पुन:सीप विकास तथा सार्वजनिक रोजगार सेवा प्रवर्द्धन, मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि स्वरोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको निर्णयमा उल्लेख छ ।

आधुनिक प्रविधिमा आधारित स्वरोजगार तथा आत्मनिर्भरता प्रवर्द्धनका लागि कृत्रिम बुद्धिमत्ता (एआई), इ–कमर्स र कम्प्युटरसम्बन्धी तालिममार्फत युवाको क्षमता तथा उद्यमशीलता विकास गर्ने लक्ष्यसहित प्रदेशका ८ वटै जिल्लामा १ महिनाभित्र कार्यक्रम प्रारम्भ गर्ने गरी प्रस्ताव गरिएको निर्णयमा उल्लेख छ ।