गृहपृष्ठ करिब ७० वटा गिद्ध करेन्ट लागेर मरे

करिब ७० वटा गिद्ध करेन्ट लागेर मरे

करिब ७० वटा गिद्ध करेन्ट लागेर मरे

छाडा चौपायालाई व्यवस्थित गर्न थालेपछि तनहुँमा फाटफुट मात्रामा गिद्ध देखा पर्न थालेका थिए । छाडा चौपायाले किसानको बाली खाएर नोक्सान गरिदिने, सडक अवरुद्ध गरेर दुर्घटना निम्त्याउने, सडक, बस्ती फोहर गर्न थालेपछि व्यास नगरपालिकाको सक्रियतामा व्यास-१० शिशुवा भतेरीमा गौ संरक्षण केन्द्र स्थापना गरिएको छ । र गाै संरक्षण वरपर गिद्ध घुमिरहेका हुन्छन् ।

नेपाल विद्युत् प्राधिकरणले गौ संरक्षण केन्द्र आसपासबाट भोर्लेटार-दमौली ३३ केभी प्रसारण लाइन विस्तार गरेपछि गिद्ध करेन्ट लागेर धमाधम मर्न थालेका छन् । शिशुवा-भतेरीमा छाडा चौपाया संकलन गरी गौ संरक्षण केन्द्र स्थापना गरेसँगै मरेका पशु खान दिनमा विभिन्न किसिमका सयौँ गिद्ध आउने गरेको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए ।

उनले भने, 'गौ संरक्षण केन्द्र आसपास क्षेत्रमा छ-सात किसिमका गिद्ध देखा पर्न थालेका छन् ।' हालसम्म करिब ६०-७० गिद्ध करेन्ट लागेर मरिसकेको बताइएको छ ।

धेरै गिद्ध करेन्ट लागेर मर्न थालेपछि प्राधिकरणलाई यस क्षेत्रको नांगाे तार व्यवस्थित गर्न र पोलिथिन पाइपले कभरिङ गर्नका लागि आग्रह गरिएको उनले जानकारी दिए । प्राधिकरणले राम्रोसँग विद्युत् पोलको अर्थिङ नमिलाउँदा अर्थिङमा परेर केही समयअघि एक स्थानीय बालकसमेत घाइते भएको स्थानीयवासी रामप्रसाद सापकोटाले बताए ।

केन्द्रमा हाल १०० को हाराहारीमा छाडा छोडिएका पशुचौपाया छन् । स्थानीयदेखि उन्नत जातसम्मका गाई संरक्षण केन्द्रमा छन् ।

मानिसले गाईले दूध दिँदासम्म पाल्ने र यसपछि छाडिदिने प्रवृत्ति बढेपछि नगरपालिकाले सो केन्द्र स्थापना गरी संरक्षण गर्दै आएको हो ।

प्रकाशित समय : १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु