काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माेटरसाइकल ग्यारेजमा आगलागी हुँदा ३५ लाखको क्षति

14.74K
shares

महोत्तरीको सोनमा गाउँपालिका-१ स्थित सोनमा बजारकाे एक मोटरसाइकल रिपेरिङ सेन्टरमा गए राति आगलगी हुँदा ३५ लाख बराबर क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश विष्टका अनुसार स्थानीय अनुरुद्र साहले सञ्चालन गरेको जयबाबा विश्वकर्मा मोटरसाइकल सेन्टरमा गए राति अचानक आगलागी भएकाे थियाे ।

आगलागीमा हुँदा घर, मोटरसाइकल, मोटरसाइकलको टायर, ट्युब, ट्र्याक्टरका टायर, ट्युब, मोबिल र विभिन्न पार्टपुर्जासहित त्यहाँ रहेका सबै सामान जलेर क्षति भएको हो । गौशाला नगरपालिकाको दमकलसहितको सहयोगमा प्रहरी चौकी रघुनाथपुर, इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोली, स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा लिएका थिए ।

आगलगीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।