गृहपृष्ठ जाजरकाेटमा धमाधम स्वास्थ्यकर्मीमा संक्रमण, सेवामा समस्या
जाजरकाेटमा धमाधम स्वास्थ्यकर्मीमा संक्रमण, सेवामा समस्या
जाजरकाेट स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीसहित १५ जना कोभिड संक्रमित भएका छन् । संक्रमित सबै होमआइसोलेशनमा बसेकाे र अवस्था सामान्य भएको कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए ।
जिल्लाका नलगाड, बारेकोट र जुनिचाँदेमा समेत कोभिडबाट संक्रमित हुनेको संख्यामा बढिरहेको छ । विकटमा कार्यरत स्वास्थ्यकर्मीमा धमाधम संक्रमण देखिएपछि सेवामा समस्या परेकाे छ ।पछिल्लो समय कोभिडबाट जोगाउन स्थानीय सरकारले तयारी गरेका छैनन् ।
राजनीतिक दलहरुले आफ्ना कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् ।
प्रकाशित समय : १५:५८ बजे


















