काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आठ देशका विज्ञको सहभागितामा अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलनको तयारी

693
shares

ai logo सारांश

  • नवलपुरको कावासोती स्थित मध्यविन्दु बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलनको आयोजना गर्ने भएको छ ।
  • चितवनको सौराहामा मंसिर ११ र १२ गते सो सम्मेलनको आयोजना गरिएको क्याम्पस प्रमुख गणेशमान गिरिले बताए ।
  • गिरिका अनुसार सम्मेलनको त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.भोला थापाले उद्घाटन गर्ने कार्यक्रम छ ।

नवलपुर । नवलपुरको कावासोती स्थित मध्यविन्दु बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलनको आयोजना गर्ने भएको छ । चितवनको सौराहामा मंसिर ११ र १२ गते सो सम्मेलनको आयोजना गरिएको क्याम्पस प्रमुख गणेशमान गिरिले बताए ।

गिरिका अनुसार सम्मेलनको त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.भोला थापाले उद्घाटन गर्ने कार्यक्रम छ ।

‘मानिस, व्यवसाय र समाजको दिगो तथा बौद्धिक भविष्यका लागि नव प्रवर्तनमार्फत उच्च शिक्षाको रूपान्तरण’ भन्ने मूल नाराका साथ हुन लागेको सो सम्मेलनमा आठ देशका प्राज्ञ र करिब १०० अनुसन्धान लेख प्रस्तुत हुने कार्यक्रम रहेको क्याम्पस संचालक समितिका अध्यक्ष प्राध्यापक मुक्तीराम पाण्डेले जानकारी दिए ।

वि.सं. २०६३ सालमा स्थापना भई विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्त गरिसकेको मध्यविन्दु बहुमुखी क्याम्पसले पहिलो पटक यति ठूलो स्तरको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन आयोजना गर्न लागेको पाण्डेले बताए ।

सम्मेलनमा नेपालसहित अमेरिका, न्युजिल्याण्ड, कम्बोडिया, इण्डोनेसिया, मलेसिया, दक्षिण कोरिया र भारत गरी ८ देशका करिब ५० वटा क्याम्पस तथा विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

उद्घाटन सत्रमा मात्र करिब २०० जनाको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरूद्वारा विभिन्न विषयका करिब १०० वटा अनुसन्धान लेख प्रस्तुत गरिनेछन् ।

सम्मेलनको पहिलो दिन औपचारिक उद्घाटन, सांस्कृतिक कार्यक्रम तथा प्रमुख वक्ताहरूको विशेष प्रस्तुति रहनेछ भने दोस्रो दिन अनुसन्धान लेख प्रस्तुतीकरण, कार्यशाला, अन्तरक्रिया र समापन समारोह आयोजना गरिने क्याम्पस प्रमुख गिरिले बताए ।

सम्मेलनमा देश तथा विदेशका नौं जना ख्यातिप्राप्त प्राज्ञहरूले प्रमुख वक्ता का रूपमा सम्बोधन गर्नेछन् । प्रमुख वक्ताहरूमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राडा महानन्द चालिसे, पूर्व डिन प्राडा डिल्लीराज शर्मा, शिक्षाशास्त्र संकायका डिन प्राडा बेदराज आचार्य र मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा ध्रुवकुमार गौतम रहेका छन् ।

त्यस्तै, विदेशी प्रमुख वक्ताहरूमा भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका प्राडा रामवन्त गुप्ता, लखनउ पब्लिक कलेज अफ प्रोफेसनल स्टडिजका डिन प्राडा लक्ष्मी शंकर अवस्थी, दक्षिण कोरियाको जेजु नेशनल युनिभर्सिटीका प्राडा बुयुनचोर मलेसियाको युनिभर्सिटी मलायाकी वरिष्ठ उपप्राध्यापक डा.ओङ लिन दार सहभागी छन् ।

सम्मेलनको विशेष सत्रमा विश्वविद्यालय अनुदान आयोगका सहायक निर्देशक नारायण भण्डारी ‘प्लेनरी स्पिकर’ का रूपमा रहने छन् । त्रिभुवन विश्वविद्यालयका प्राडा ताराप्रसाद भुसालको अध्यक्षतामा हुने प्यानल छलफलमा अमेरिकाको येल विश्वविद्यालयका डा.माइकल अपोलो, न्युजिल्याण्डको युनिभर्सिटी अफ क्यान्टरबरीका डा.कर्ण राना, त्रिभुवन विश्वविद्यालयका प्राडा नवराज न्यौपाने र सह–परीक्षा नियन्त्रक डा.रामनाथ न्यौपाने प्यानलिस्टका रूपमा सहभागी हुनुहुनेछ । उक्त सत्रको सहजीकरण मस्र्याङ्दी बहुमुखी क्याम्पस लमजुङका पीएचडी स्कलर विनोद न्यौपानेले गर्नेछन् ।

बदलिँदो विश्व परिवेश, कृत्रिम बौद्धिकता र डिजिटल प्रविधि अनुकूल उच्च शिक्षाको विकास गर्दै ज्ञान निर्माण तथा आदानप्रदानको साझा मञ्च तयार गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको क्याम्पस प्रशासनले जनाएको छ ।

सम्मेलनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबीच संस्थागत साझेदारी विस्तार गर्ने, उच्च शिक्षालाई समाज र व्यवसायको आवश्यकतासँग जोड्ने, युवा अनुसन्धानकर्तालाई प्रोत्साहन गर्ने र सामुदायिक क्याम्पसहरूको अनुसन्धानात्मक भूमिकालाई अझ सशक्त बनाउने लक्ष्य राखिएको क्याम्पस प्रमुख गिरिले बताए ।