काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनएमबी बैंक दुई जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता

11.66K
shares

एनएमबी बैंक ताप्लेजुङमा निर्माण भइरहेको दुई जलविद्युत आयोजनामा मुख्य लगानीकर्ता बनेको छ । १३.५ मेगावाट तथा १२ मेगावाटका क्रमशः सुपर कावेली खोला-ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरिहेको हो ।

प्रदेश १ अन्तर्गत ताप्लेजुङमा रहेको सिरीजंघा गाउँपालिकामा निर्माण भइरहेको सुपर कावेली खोला-ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजना क्रमशः स्नो रिभर्स प्रालि तथा हिल्टन हाइड्रो इनर्जी प्रालिद्वारा निर्माण भइरहेको हो । यस आयोजनाहरुमा एनएमबी बैंक अगुवा बैंक रहेको छ भने सह-वित्तीयकरणमा सहभागी अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ ।

१३.५ मेगावाट (सुपर कावेली खोला-ए जलविद्युत आयोजना) तथा १२ मेगावाट (सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजना) क्षमता भएको आयोजनाहरुको कुल लागत क्रमशः २ अर्ब ४१ करोड तथा २ अर्ब १४ करोड रहेको छ जसमध्ये बैकहरुको लगानी क्रमशः १ अर्ब ८९ करोड तथा १ अर्ब ६७ करोड रहने जानकारी गराइएको छ । यो आयोजनासमेत एनएमबी बैंकले कुल ४३ वटा जलविद्युत आयोजनमा लगानी गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Mitigation Guidelines, 2018 को निर्देशनअनुसार एनएमबी बैंकले वातावरणीय तथा सामाजिक नीति (Environmental and Social Policy) तयार पारी त्यसबमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) लागू गरिसकेको छ ।