काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै, नेपाली हिप–हप संगीतलाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्य

1.01K
shares

काठमाडौँ । नेपाली हिप–हप संगीतलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित भारतीय चर्चित र्‍याप रियालिटी शो ‘MTV Hustle’ को नेपाली फ्रेन्चाइज ‘Hustle by NepHop’ नेपालमा आउने भएको छ। उक्त कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा TVS NTORQ आबद्ध भएको छ।

मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको यस कार्यक्रमलाई ‘TVS NTORQ Presents Hustle by NepHop’ का रूपमा प्रस्तुत गरिनेछ। कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रमलाई प्रिमियम र्‍याप रियालिटी शोका रूपमा विकास गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

अन्तर्राष्ट्रिय स्तरको र्‍याप रियालिटी शोको अवधारणामा आधारित यस कार्यक्रममा नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपालको आफ्नै हिप–हप पहिचानलाई प्राथमिकता दिइनेछ।

कार्यक्रममा प्रतिस्पर्धा, मेन्टरसिप र सांगीतिक प्रस्तुतिलाई विशेष प्राथमिकता दिइनेछ। स्थापित र्‍यापरदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई राष्ट्रिय मञ्चमा आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

नेपाली युवापुस्तामाझ लोकप्रिय हुँदै गएको हिप–हप संस्कृतिलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले TVS NTORQ ले टाइटल स्पोन्सरका रूपमा सहकार्य गरेको हो। युवापुस्ताको ऊर्जा, सिर्जनशीलता, आत्मविश्वास र नयाँ सोचसँग जोडिएको यस सहकार्यले नेपाली हिप–हप क्षेत्रलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

‘गल्लीदेखि ग्लोरीसम्म’ (Gully to Glory) भन्ने मूल नारासहित अघि बढ्ने ‘Hustle by NepHop’ ले नेपाली हिप–हप प्रतिभालाई राष्ट्रियस्तरको ठूलो मञ्च प्रदान गर्दै नेपाली संगीतका नयाँ सम्भावना उजागर गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

कार्यक्रमको प्रसारण मिति तथा अन्य विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।