काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्से परिसूचक २.६४ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड

1.64K
shares

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झिनो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६४ अंकले बढेर २ हजार ६५५.२२ विन्दुमा पुगेको हो।

त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१८ अंकले बढेर ४८०.१२ विन्दुमा पुगेको छ। फ्लोट परिसूचक ०.५३ अंकले बढेर १८४.०४ र सेन्सेटिभ फ्लोट परिसूचक ०.६८ अंकले बढेर १६२.७४ विन्दुमा पुगेको छ।

आज बजारमा विभिन्न कम्पनीका १ करोड ७ लाख १३ हजार ८४२ कित्ता शेयर ३ अर्ब ४६ करोड २० लाख ५९ हजार ३२३ रुपैयाँमा कारोबार भएका छन्।

कारोबार भएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एउटा उपसमूह घटेको छ। आज १५८ कम्पनीको शेयर मूल्य बढ्दा १०७ कम्पनीको घटेको छ। त्यस्तै, १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, बेनी हाइड्रोपावर र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले बढी कमाएका छन्। यता घोराही सिमेन्ट इन्डस्ट्रिज, नेपाल पुनर्बीमा कम्पनी र कालिञ्चोक दर्शनका लगानीकर्ताले गुमाएका छन्।