एनपीएल : चितवनद्वारा पोखरालाई १५२ रनको लक्ष्य
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १९:०३
shares

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५१
पोखराले टस जितेर बलिङ रोजेको छ। जसमा कप्तान सिकन्दर राजाले ३७,रवि वोपराले ३५, अर्जुन साउदले ११ रन जोडे।
पोखराका कप्तान चमिका करूणत्ने,कुशल भुर्तेल र विपीन खत्रीले २÷२ विकेट लिए।
तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँड्दै तीन अंक जोडेको छ। आजको जितले चितवनलाई अंक तालिकामा माथि उक्लने अवसर दिनेछ।
अर्कोतर्फ पोखरा भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। यसअघिका खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेको पोखरा आज चितवनलाई पराजित गर्दै जितको खाता खोल्नेछ।
आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हरायो।

























