तिहारको झिलिमिलीले उज्यालिएको काठमाडौं
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १९:५६
shares

यमपञ्चक अर्थात् तिहारको पहिलो दिन बानेश्वरदेखि तीनकुनेसम्मका सडक तथा आसपासका क्षेत्र झिलिमिली बत्तीले सजिएका छन्। तिहारलाई स्वागत गर्न विभिन्न स्थानमा राखिएका रङ्गीचङ्गी बत्तीले यहाँको दृश्यलाई थप आकर्षक बनाएका छन्। साँझ पर्दै जाँदा झिलिमिली बत्तीले बानेश्वरदेखि तीनकुनेसम्मको वातावरण तिहारमय बनेको छ।

























