काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक

945
shares

काठमाडौं । आगामी मंसिर ४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक गरिएको छ । सरित रायनको संगीत र कम्पोज रहेको गीतमा राम अबिरल बिष्टको शब्द रचना तथा रोहित सोनार र मेलिना राईको स्वर सुन्न् सकिन्छ ।

सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकारहरु उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु र दीपिका मगर प्रस्तुत छन् । गीत प्रेमी र प्रेमिका बीचको गहिरो प्रेम र आकर्षणमा आधारित छ । भिडियोमा सोनम र उपासना सिंहको जोडी निकै सुहाएको छ भने अन्य कलाकारहरूको पहिरन र अनुहारको हाउभाउ स्वाभाविक देखिन्छ ।

‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’को यसअघि सिनेमामा समावेश ‘चाँदी जलप’, ‘जाले रुमाल मायालाई’ र ‘कलेजीको छेउ’ बोलको गीत सार्वजनिक गरिएको थियो । यी तीनै गीतले युट्युब तथा टिकटकजस्ता सामाजिक सञ्जालबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ ।

‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो । निर्देशक मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा सिनेमामा प्रस्तुत गरिएको बताए ।

सिनेमामा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् । यो सिनेमाबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

‘जलाकी’ गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।