काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने लक्ष्यसहित स्टार्टअप समिट

1.62K
shares

पोखरा । युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्दै स्थानीय स्रोतसाधन र जनशक्तिको उपयोगबाट रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ‘स्टार्टअप नेपाल समिट–२०२६’ को प्रदेशस्तरीय अभियान पोखराबाट सुरु गरिएको छ ।

‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने सन्देशसहित आयोजित समिटले सातवटै प्रदेशका व्यावसायिक सम्भावना पहिचान गरी स्थानीयस्तरमा उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

समिटकी अध्यक्ष शोभा ज्ञवालीले युवालाई जागिर खोज्नेभन्दा जागिर सिर्जना गर्ने उद्यमी बनाउन अभियान सुरु गरिएको बताइन् । उनका अनुसार युवामा नयाँ सोच र सीप भए पनि लगानी, मार्गदर्शन र बजारको पहुँच नहुँदा धेरै व्यावसायिक सम्भावना सुरुमै हराउने गरेका छन् ।

उनले व्यवसाय दर्ता प्रक्रिया सरल बनाउन, स्टार्टअप कर्जा सहज बनाउन र राम्रो व्यावसायिक योजना भएका तर धितो नभएका युवालाई वित्तीय पहुँच उपलब्ध गराउन सरकारसँग आग्रह गरिन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुदान र सरकारी सहयोगलाई उत्पादन तथा रोजगारी सिर्जनासँग जोड्नुपर्ने बताए । पोखरा महानगरका प्रमुख धनराज आचार्यले महानगरले तालिम, सिड मनी र व्यावसायिक परामर्श उपलब्ध गराउँदै आएको जानकारी दिए ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले स्टार्टअपमा वित्तीय पहुँच र व्यावसायिक योजनाको महत्वबारे धारणा राखेका थिए । समिटले सातै प्रदेशबाट चारदेखि पाँचवटा उत्कृष्ट स्टार्टअप छनोट गरी काठमाडौंमा अन्तिम सम्मेलन गर्ने योजना बनाएको छ ।