काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रिय सभामा आज पनि एमालेकाे अवराेध, अर्काे बैठक अनिश्चित

11.95K
shares

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । एमालेका सांसदको अवरोधपछि राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको हाे । 

सोमबार बसेको बैठकको सुरुमा एमाले सांसद देवेन्द्र दाहालले सदन सुचारु गर्ने विषयमा सरकार पक्षभन्दा बढी प्रतिपक्षी दल गम्भीर हुनुपर्ने भन्दै असन्तुष्टि जनाउँदै बैठक चल्न नसकेको बताए । एमालेले कारबाही गरेका व्यक्तिहरू सदनमा रहेको भन्दै उनले प्रतिपक्षी दलविनाको सर्वदलीय बैठक बस्नेदेखि विकास निर्माणमा ढिलासुस्ती र महंगी बढिरहेका बेला सरकार चुप लागेर बसेको आरोप लगाए ।

यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसबारे ध्यानाकर्षण भएको र प्रतिपक्षी दलको माग सम्बोधन गर्न सम्बन्धित पक्षलाई रुलिङ गर्दैै सदन चल्न दिन एमाले सांसदसँग आग्रह गरे ।तर, एमाले सांसदहरूले उठेर मौन रुपमा विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले भने, ‘आजको कार्यसूचीमा समावेश भएको विषयलाई कार्यसूचीबाट हटाएको व्यहोरा जानकारी गराउँदछु । माननीय सदस्यहरू अब अर्को बैठक अर्को सूचनाद्वारा तोकिने गरी यो बैठक स्थगित हुन्छ ।’

अर्को बैठकको मिति नतोकिएकाले अब राष्ट्रिय सभाको बैठक कहिले बस्छ भन्ने निश्चित छैन ।