ज्योति लाइफको अभिकर्ता आधारभूत तालिम
वि.सं.२०७८ साउन २० बुधवार १९:१०
shares

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक व्यक्तिहरुका लागि जीवन बिमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ ।
कम्पनीले जीवन बिमा अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक न्युनतम एस.एल.सी. वा एसईई अथवा सोभन्दा माथिको शैक्षिक योग्यता भएका व्यक्तिहरुको लागि देशभरका शाखा तथा उपशाखामा तीन दिने जीवन बिमा अभिकर्ता तालिम सञ्चालन गर्न लागिएको हो ।
तालिमको बारेमा सम्पूर्ण जानकारी कम्पनीको वेबसाइट www.jyotilife.com/trainning मा राखिएको जनाएको छ । अथवा ईच्छुक व्यक्तिहरुलाई कम्पनीको विभिन्न शाखा तथा उप–शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।


























