TVS को ‘अचम्मैको महा एक्सचेन्ज मेला’ कात्तिक १२ देखि भृकुटीमण्डपमा
वि.सं.२०८३ कात्तिक ११ बुधवार १७:४३
shares

काठमाडौं । नेपालका लागि TVS मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आगामी २०८३ साल कात्तिक १२ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ। सात दिनसम्म सञ्चालन हुने मेलामा ग्राहकहरूले आफ्ना पुराना दुईपाङ्ग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ TVS मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्नेछन्। मेलामा विभिन्न आकर्षक अफर तथा विशेष एक्सचेन्ज सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
‘TVS मा अपग्रेड गर्नु हुनेहरूलाई, अब TVS को महा एक्सचेन्ज मेलामा पाउनुहोस् अचम्मैका अफरहरू’ भन्ने मुख्य सन्देशसहित आयोजना हुन लागेको मेलाको उद्देश्य ग्राहकहरूलाई सहज, किफायती र लाभदायक एक्सचेन्ज अनुभव प्रदान गर्नु हो।
मेलाको प्रमुख आकर्षणका रूपमा ‘TVS गोल्डेन की अफर’ रहनेछ। यसअन्तर्गत ग्राहकहरूले सवारीसाधनको खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक वा गोल्ड की अथवा रु. १० लाखसम्मको नगद छुट प्राप्त गर्ने अवसर पाउनेछन्। त्यस्तै, मेलालाई थप रोमाञ्चक बनाउन हरेक दिन दुई जना भाग्यशाली विजेताले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा प्राप्त गर्नेछन्।
ग्राहकहरूले पुराना सवारीसाधनको उचित मूल्यांकन प्राप्त गर्न सकून् भन्ने उद्देश्यले मेलामा ५० जनाभन्दा बढी अनुभवी भ्यालुएटरको व्यवस्था गरिएको छ। यसबाट ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटरको आकर्षक एक्सचेन्ज मूल्य प्राप्त गर्दै नयाँ TVS सवारीसाधनमा सहज रूपमा अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ।
त्यसैगरी, ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै मेलामा नागरिकता र सवारीचालक अनुमतिपत्रका आधारमा छिटो तथा सहज फाइनान्स प्रक्रिया उपलब्ध गराइनेछ। यो सुविधा आवश्यक योग्यता तथा सम्बन्धित वित्तीय संस्थाका सर्तहरूको अधीनमा रहनेछ। यसले नयाँ सवारीसाधन खरिद प्रक्रियालाई थप सरल बनाउने विश्वास कम्पनीले लिएको छ।
यस अवसरमा जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक रौनियारले TVS ले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सवारीसाधनसँगै थप मूल्य र सुविधा प्रदान गर्ने उद्देश्य राख्दै आएको बताउनुभयो।
उहाँले ‘अचम्मैको महा एक्सचेन्ज मेला’ मार्फत ग्राहकहरूलाई आकर्षक एक्सचेन्ज मूल्यांकन, विशेष अफर तथा सहज फाइनान्स सुविधा एकै स्थानमा उपलब्ध गराउने प्रयास गरिएको उल्लेख गर्नुभयो। नयाँ TVS मोटरसाइकल वा स्कुटरमा अपग्रेड गर्ने ग्राहकहरूको चाहनालाई अझ सहज र किफायती बनाउनु मेलाको उद्देश्य रहेको उहाँको भनाइ थियो। साथै, उहाँले सम्पूर्ण ग्राहकहरूलाई भृकुटीमण्डपमा उपस्थित भई यस विशेष अवसरको अधिकतम लाभ उठाउन आमन्त्रण गर्नुभयो।
आकर्षक एक्सचेन्ज अफर, विशेष पुरस्कार, अनुभवी भ्यालुएटर तथा सहज वित्तीय सुविधाका कारण यो मेला नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्ने योजनामा रहेका ग्राहकहरूका लागि विशेष अवसर बन्ने अपेक्षा गरिएको छ। ग्राहकहरूको बदलिँदो आवश्यकता र चाहनालाई सम्बोधन गर्दै नवीनतम सवारीसाधन तथा ग्राहककेन्द्रित सेवा प्रदान गर्ने TVS नेपालको प्रतिबद्धतालाई यस मेलाले थप मजबुत बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।
जगदम्बा मोटर्सले इच्छुक ग्राहकहरूलाई कात्तिक १२ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने मेलामा सहभागी भई आफ्ना पुराना सवारीसाधनको मूल्यांकन गराउन तथा विशेष अफरहरूको लाभ उठाउन आग्रह गरेको छ।
जगदम्बा मोटर्स प्रा.लि.को बारेमा
शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रा.लि. नेपालका लागि TVS मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक हो। सन् २०१५ देखि नेपाली बजारमा सक्रिय कम्पनीले गुणस्तरीय दुईपाङ्ग्रे सवारीसाधन, नवीनतम प्रविधि तथा भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ। देशभर फैलिएको डिलर तथा सर्भिस नेटवर्कमार्फत कम्पनीले नेपाली ग्राहकहरूको आवश्यकता र रुचिअनुसार विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर उपलब्ध गराउँदै आएको छ।

























