काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइला बीच पुनः सहकार्य

882
shares

काठमाडौं । उपभोग्य वस्तु उत्पादन गर्ने अग्रणी कम्पनी मारिकोको बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीले सामाजिक पहल ‘एक एक पाइला’सँगको सहकार्यलाई निरन्तरता दिएको छ। यस सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा जन्मिएका नवजात शिशु तथा साना बालबालिकाको हेरचाहका लागि सहयोग पुर्‍याइनेछ।

पछिल्लो सहकार्यअन्तर्गत प्यारासुट एडभान्स्ड बेबीले उपत्यकाका सरकारी तथा निजी अस्पतालहरूमा १५ हजार थान बेबी केयर उत्पादन वितरण गरेको छ। वितरण गरिएका उत्पादनमा प्यारासुट एडभान्स्ड बेबी रिफ्रेसिङ पाउडर, नरिसिङ क्रिम र नरिसिङ साबुन प्रत्येकका ५ हजार थान रहेका छन्।

शिशु जन्मिएपछिका सुरुवाती दिनमा परिवारलाई आवश्यक हेरचाह सामग्री उपलब्ध गराउनुका साथै नवजात शिशुको छालाको उचित स्याहारबारे जनचेतना अभिवृद्धि गर्नु यस पहलको मुख्य उद्देश्य रहेको छ।

एक एक पाइलाका व्यवस्थापक अशोक पाण्डेले प्यारासुट एडभान्स्ड बेबीसँगको निरन्तर सहकार्यका कारण उपत्यकाका विभिन्न अस्पतालमा पुगेर बेबी केयर उत्पादन परिवारसम्म पुर्‍याउन सम्भव भएको बताउनुभयो। उहाँले यस पहलको निरन्तरतासँगै परिवारमा नवजात शिशुको उचित हेरचाहको महत्त्वबारे सचेतना बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो।

यस पहलको उद्देश्यबारे मारिकोले भनेको छ, “प्यारासुट एडभान्स्ड बेबीमार्फत हामी हरेक अभिभावकको यात्रामा पहिलो दिनदेखि नै विश्वासिलो साथी बन्न चाहन्छौँ। हामी एक एक पाइलासँगको सहकार्यलाई निरन्तरता दिँदै परिवारहरूलाई नवजात शिशुको स्वास्थ्य र स्याहारमा सहयोग गर्ने सुरक्षित र कोमल उत्पादनहरू सहजै उपलब्ध गराउन चाहन्छौँ।”

नवजात शिशुको संवेदनशील छालाका लागि सुरक्षित र कोमल रहेको भनी क्लिनिकल परीक्षणबाट प्रमाणित प्यारासुट एडभान्स्ड बेबीको उत्पादन श्रृंखलामा छालालाई नरम र ओसिलो राख्ने नरिसिङ क्रिम तथा लोशन, मुलायम ढंगले सफा गर्ने टियर-फ्री स्याम्पु, भिटामिन E र F युक्त मसाज तेल, रिफ्रेसिङ पाउडर, नरिसिङ साबुन तथा हालै बजारमा उपलब्ध गराइएको आल्मन्ड मिल्क र ओलिभ आयलयुक्त जेन्टल वाइप्स समावेश छन्।

यो सहकार्य आगामी दिनमा पनि काठमाडौं उपत्यकाका सरकारी तथा निजी अस्पतालमा नवजात शिशु र साना बालबालिकासम्म पुग्नेछ। यसमार्फत शिशुको जीवनको सुरुवाती चरणमा परिवारलाई बेबी केयर उत्पादन उपलब्ध गराउन सहयोग गरिने कम्पनीले जनाएको छ।

प्यारासुट एडभान्स्ड बेबीको बारेमा

प्यारासुट एडभान्स्ड बेबी मारिको लिमिटेडको बेबी केयर ब्रान्ड हो। शिशुका लागि कोमल र दैनिक हेरचाहका सामग्री उपलब्ध गराउन प्रतिबद्ध यस ब्रान्डले नवजात शिशुको आवश्यक स्याहारमा केन्द्रित उत्पादनमार्फत अभिभावकलाई सहयोग गर्दै ‘Your Baby’s Growth Partner’ बन्ने लक्ष्य राखेको छ।

मारिकोको बारेमा

मारिको लिमिटेड उपभोग्य वस्तु उत्पादन गर्ने अग्रणी भारतीय कम्पनीहरूमध्ये एक हो। कम्पनीले विश्वव्यापी रूपमा सौन्दर्य तथा स्वास्थ्यसम्बन्धी उत्पादनका क्षेत्रमा काम गर्दै आएको छ। यसले कपालको हेरचाह, छालाको हेरचाह, खाने तेल, रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने तथा स्वस्थ खाद्य पदार्थ, पुरुषको व्यक्तिगत स्याहार र कपडाको हेरचाहलगायतका क्षेत्रमा विभिन्न ब्रान्डमार्फत उत्पादन उपलब्ध गराउँदै आएको छ।

मारिकोका ब्रान्डहरूमा लिभन, प्यारासुट न्याचुराले, प्यारासुट एडभान्स्ड, निहार नेचुरल्स, हेयर एन्ड केयर, सेटवेट, बियर्डो, सफोला र रिभाइभर रहेका छन्।