गृहपृष्ठ सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक

सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक

सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा नयाँ जीवन बीमा योजना ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक गरेको छ।

असोज १ गते आयोजित ‘प्रडक्ट इनागुरेसन’ कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल तथा उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थितिमा उक्त बीमा योजनाको शुभारम्भ गरिएको हो।

कम्पनीका अनुसार १८ वर्षदेखि ६५ वर्षसम्मका नागरिकलाई लक्षित गरी थोरै लागतमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको हो। विशेषगरी युवा अवस्थाका परिवारका संरक्षकको व्यावसायिक तथा पारिवारिक दायित्वलाई ध्यानमा राख्दै आर्थिक सुरक्षा प्रदान गर्नु योजनाको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।

यो योजना कम्पनीका सबै शाखा तथा उपशाखाका साथै डिजिटल माध्यमबाट समेत खरिद गर्न सकिनेछ। डिजिटल माध्यमबाट Sun Life को वेबसाइट तथा Sun Connect मार्फत बीमा योजना खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ अन्तर्गत न्यूनतम १० लाख रुपैयाँदेखि बीमितको आयस्रोतका आधारमा आवश्यकताअनुसार बीमाङ्क रकम छनोट गर्न सकिनेछ। बीमाशुल्क मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा भुक्तानी गर्न सकिने सुविधा रहेको छ।

बीमितको निधन भएमा बीमाङ्क रकमको १०० प्रतिशत दाबी भुक्तानी हुने कम्पनीले जनाएको छ। त्यस्तै, ऐच्छिक सुविधाअन्तर्गत ५० हजार रुपैयाँसम्म किरिया खर्च र १ लाख रुपैयाँसम्म ‘सन मेडिकेयर’ आपत्कालीन स्वास्थ्य सेवा सुविधा उपलब्ध हुनेछ।

२०७४ साल असार ६ गते बीमक दर्ता भई औपचारिक व्यवसाय सुरु गरेको सन नेपाल लाइफको अधिकृत पुँजी १० अर्ब रुपैयाँ र चुक्ता पुँजी ५.२८ अर्ब रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

ISO 27001:2022 प्रमाणित कम्पनीले आफूलाई डिजिटल प्रविधिमैत्री जीवन बीमा कम्पनीका रूपमा अघि बढाउँदै आएको जनाएको छ। हाल ४० हजारभन्दा बढी अभिकर्ता तथा १३६ शाखा तथा उपशाखामार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ।

दुर्घटना, अशक्तता तथा आपत्कालीन रोगका का

प्रकाशित समय : १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु