काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

1.76K
shares

ai logo सारांश

  • धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।
  • नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ ।
  • ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३२ अङ्कले बढेर ४८१ दशमलव ७९ मा पुगेको छ ।

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३२ अङ्कले बढेर ४८१ दशमलव ७९ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक दुई दशमलव ६२ अङ्कले बढेर १८४ दशमलव ७३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव ३९ अङ्कले बढेर १६३ दशमलव ०९ मा पुगेको छ ।

विभिन्न कम्पनीका आज एक करोड ९३ लाख ९७ हजार ५४८ कित्ता शेयर सात अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ मूल्यमा खरिद बिक्री भएको छन् । तेह्र उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ । आज २४१ कम्पनीको शेयर बढ्यो भने ३५ कम्पनीको शेयर घट्यो । त्यसैगरी तीन कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार बेनी हाइड्रोपावर, बुटबल पावर कम्पनी, सुपर खुदी हाइड्रोपावरलगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी प्राइम डिबेञ्चर, गरिमा समृद्धि योजना, सिर्जनशील लघुवित्त वित्तीय संस्थालगायतका लगानीकर्ताले गुमाएका छन् ।