काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बीपी प्रतिष्ठान संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति

17.33K
shares

सुनसरीकाे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत संघर्ष समिति र सरकार पक्षबीच बुधबार ६ बुँदे सहमति भएको छ । सहमतिसँगै साउन १६ मा घाेषित  आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गरिएको छ । धरान पुगेको सरकारी वार्ता टोलीले प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग वार्ता गर्दै ६ बुँदे सहमति गरेको हो ।

सहमतिअनुसार सरकारलाई मंगलबार बुझाइएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक महाशाखा आजै तोक्ने, प्रतिष्ठान ऐनको दफा ११(घ)मा व्यवस्था भएअनुरुप चारैजना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्था उल्लेखित प्रक्रिया आजैबाट सुरू हुनेछ । यसका साथै अबउप्रान्त प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड सहितको कार्यविधि तर्जुमा गर्नेलगायत सहमति भएकाे हाे । प्रतिष्ठानसँग सम्बन्धित अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायतका निकायमा विचाराधीन उजुरी तथा मुद्दाहरुको कारबाहीको प्रक्रिया अवस्था बुझी शीघ्र कार्य फर्स्यौटका लागि मन्त्रालयमा तोकिएको महाशाखाले समन्वय एवं सहजीकरण गर्ने पनि दुवै पक्षबीच सहमति भएको छ ।

सहमतिसँगै आन्दोलनरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरू सेवामा फर्कने भएका छन् । करिब २ महिनादेखि प्रतिष्ठानभित्रको अनियमितता छानबिन गर्नुपर्ने, दक्ष, योग्य र सक्षम पदाधिकारी नियुक्ति गर्नुपर्ने माग राख्दै प्रतिष्ठानका चिकित्सक, प्राध्यापक, कर्मचारी र विद्यार्थीले आन्दोलन सुरु गरेका थिए ।

सहमतिपत्रमा सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलसहित सदस्यहरु मान बहादुर बस्नेत र देवराज भण्डारीले हस्ताक्षर गरेका छन् । यस्तै, संघर्ष समितिका तर्फबाट संयोजक डा. एसपी रिमाल, सहसंयोजक डा. विष्णु पोखरेल र १२ जना सदस्यले हस्ताक्षर गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले डा. पौडेलको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

सहमतिपत्र :