हेटौँडामा पाँचदिने निःशुल्क योग विज्ञान शिविर हुँदै
वि.सं.२०८३ कात्तिक ११ बुधवार ११:१४
shares

हेटौँडा । मकवानपुरको हेटौँडामा कात्तिक १३ गतेदेखि १७ गतेसम्म पाँचदिने निःशुल्क बृहत् योग विज्ञान शिविर सञ्चालन हुने भएको छ।
पतन्जली योग हेटौँडा ७ नम्बर वडा समितिको आयोजनामा हुने शिविरमा सहभागीलाई योगाभ्यास, प्राणायाम तथा स्वस्थ जीवनशैलीसम्बन्धी प्रशिक्षण दिइने कार्यक्रम संयोजक राम प्रसाद दाहालले जानकारी दिए ।
हेटौँडा उपमहानगरपालिका–७ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा हुने शिविरमा स्थानीय नागरिकलाई योगको महत्त्व, नियमित योगाभ्यासका फाइदा र विभिन्न रोगबाट बच्ने उपायबारे जानकारी दिइने उनले बताए । शिविरमा सहभागीलाई पतञ्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्रले प्रशिक्षण दिने कार्यक्रम संयोजक दाहालले जानकारी दिए ।
पतञ्जली योग समितिले २०६७ सालदेखि हेटौँडा–७ तथा आसपासका क्षेत्रमा योगाभ्यास र जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।
‘घरघरमा योग, जनजनमा योग’, ‘सबै निरोग, सदा निरोग’ तथा ‘सकारात्मक सोच निर्माण अभियान’जस्ता कार्यक्रममार्फत नागरिकको स्वास्थ्य र जीवनशैली सुधारमा योगदान पुर्याउने उद्देश्य राखिएको समितिको भनाइ छ।

























