काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

1.68K
shares

ai logo सारांश

  • ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि फ्लाभियो बोल्सेनारो अमेरिका पलायन भएका छन् ।
  • राष्ट्रपतीय चुनाव हारेको दुई दिनपछि नै बोल्सोनारोले ब्राजिल छोडेका थिए ।
  • ब्राजिलका अधिकारीहरूले फ्लाभियो बोल्सोनारो कहाँ छन् भन्नेबारे अनुसन्धान गरिरहेको बताएका छन् ।

काठमाडौं । ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि फ्लाभियो बोल्सेनारो अमेरिका पलायन भएका छन् ।

राष्ट्रपतीय चुनाव हारेको दुई दिनपछि नै बोल्सोनारोले ब्राजिल छोडेका थिए । अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले बोल्सोनारो र उनको परिवारलाई अमेरिका प्रवेश गर्न दिने र उनीहरूलाई भिसा जारी गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

ब्राजिलका अधिकारीहरूले फ्लाभियो बोल्सोनारो कहाँ छन् भन्नेबारे अनुसन्धान गरिरहेको बताएका छन् ।

ब्राजिलको लिबरल पार्टीका राष्ट्रपतीय उम्मेदवार फ्लाभियो बोल्सोनारो, राष्ट्रपतीय चुनावको दोस्रो चरणमा पराजित भएका थिए । आइतबार भएको चुनावको दोस्रो चरणमा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले बोल्सोनारोलाई पराजित गरेका थिए।

बोल्सोनारोमाथि खेलकुद सट्टेबाजीसम्बन्धी एउटा मुद्दा र उनका पिता जायर बोल्सोनारोको बारेमा बनाइएको चलचित्रसँग जोडिएको विषयमा अनुसन्धान भइरहेकाले उनले ब्राजिल छाडेको बताइन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ब्राजिलको चुनावमा धाँधली भएको आशंका गरेका थिए ।