काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्से परिसूचक ३१ दशमलव ५४ अङ्कले बढ्यो

630
shares

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३१ दशमलव ५४ अङ्कले बढेर दुई हजार ६९५ दशमलव ६० मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ४१ अङ्कले बढेर ४८८ दशमलव २१ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक दुई दशमलव २७ अङ्कले बढेर १८७ दशमलव ०१ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव २५ अङ्कले बढेर १६५ दशमलव ३४ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका दुई करोड ३२ लाख ५८ हजार नौ कित्ता शेयर रु आठ अर्ब ५७ करोड ९८ हजार ८२३ मूल्यमा खरिद बिक्री भएको छ ।

तेह्रवटै उपसमूह बढेका छन् । आज १८१ कम्पनीको शेयर बढ्यो भने ९१ कम्पनीको शेयर घट्यो । त्यसैगरी छ कम्पनीको शेयर स्थिर रह्यो । नेप्सेका अनुसार बेनी हाइड्रोपावर, सोपान फार्मास्युटिकल्स, नेपाल रिइन्सुरेन्स कम्पनीलगायतका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी, नेपाल इन्फास्ट्रचर एण्ड डेभलपमेन्ट, चिर्खवा हाइड्रोपावर र सनराइज व्लुचिपलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।