काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कांग्रेस महाधिवेशनअन्तर्गत जारी मतगणना आजै सकिनेः संयोजक खड्का

714
shares

ai logo सारांश

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पार्टी कार्यालय सानेपामा जारी मतगणनाको काम आजै राति सकिनेगरी काम भइरहेको निर्वाचन समितिले जनाएको छ ।
  • परिणाम सार्वजनिक हुनेक्रममा कांग्रेस दलिततर्फको सहमहामन्त्री पदमा चार हजार ८०३ मत प्राप्त गरी प्रकाश रसाइली स्नेही निर्वाचित भएकन छन ।

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पार्टी कार्यालय सानेपामा जारी मतगणनाको काम आजै राति सकिनेगरी काम भइरहेको निर्वाचन समितिले जनाएको छ ।

समितिका संयोजक प्रेमबहादुर खड्काले विभिन्न समूह बनाई मत गणना भइरहेको अवस्थामा आवश्यक परे गणनास्थल थप गरी आज राति १०ः०० बजेसम्ममा सबै परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।

परिणाम सार्वजनिक हुनेक्रममा कांग्रेस दलिततर्फको सहमहामन्त्री पदमा चार हजार ८०३ मत प्राप्त गरी प्रकाश रसाइली स्नेही निर्वाचित भएकन छन ।

केन्द्रीय निर्वाचन समितिका अनुसार सो पदका प्रतिस्पर्धी मानबहादुर नेपालीले एक हजार १२० मत र नरेन्द्र पासवानले ७७२ मत प्राप्त गरेका छन ।

यसैगरी, दलित महिलातर्फको पाँच सदस्य पदमा शान्ति परियार (विक)ले दुई हजार ९६४ र सीता मिजारले तीन हजार ४३३, रुपा विकले दुई हजार ६४९, कमला नेपालीले दुई हजार ५५३ र छायाँ सुनुवारले दुई हजार ११२ मत प्राप्त गरी विजयी भएका छन ।

दलित मधेसीतर्फ धर्मेन्द्र पासवान तीन हजार १०५ मत प्राप्त गरी निर्वाचित भएका छन । उक्त समूहमा चन्द्रेश्वर शर्मा बजबलेले ६५१, मुनेश्वर साफीले ६०६, मानवीर रजक साफीले ३११ र राजकुमार पासवानले एक हजार २३३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

अहिले मधेस प्रदेश भूगोलतर्फको केन्द्रीय सदस्य, मधेस प्रदेश केन्द्रीय सदस्य महिला, खुला, ३५ वर्षमुनिका युवा महिला तथा पुरुष र खुुलातर्फका उम्मेदवारको मतगणना भइरहेको निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिए ।

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न असोज २३ गते भएको मतदानबाट सभापति, उपसभापति, महामन्त्रीसहितक प्रमुख पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको छ भने सहमहामन्त्री खसआर्य र केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना चरणबद्ध रूपमा भई परिणाम सार्वजनिक भइरहेको छ ।

जारी मतगणनाअन्तर्गत खुलातर्फको ४५ केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिए।