काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मोइन अलीको नाममा एनपीएलको तेस्रो अर्धशतक

987
shares

ai logo सारांश

  • राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो अर्धशतक जनकपुर बोल्ट्सका मोइन अलीको नाममा दर्ता भएको छ ।
  • मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काएका थिए ।

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो अर्धशतक जनकपुर बोल्ट्सका मोइन अलीको नाममा दर्ता भएको छ । अलीले आज काठमाडौं गोर्खाजकाविरूद्ध ४९ बलमा अर्धशतक हिर्काए । जसमा ३ चौका र २ छक्का सामेल छन् ।

यसअघि एनपीएलको दोस्रो अर्धशतक सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा छ । ऐरीले पोखरा एभेन्जर्सकाविरूद्ध ३६ बलमै अर्धशतक पूरा गरेका थिए । जारी एनपीएलको पहिलो अर्धशतक भने चितवन राइनोजका डेभिड मलानको नाममा छ । मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काएका थिए ।