तीन महिनामा सात अर्ब १३ करोड राजस्व सङ्कलन
वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १९:२७
shares
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
चितवन। आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा सात अर्ब १३ करोड ७६ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले असोज मसान्तसम्म रु सात अर्ब ५० करोड चार लाख ६८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा लक्ष्यको ९५ दशमलव १६ प्रतिशत प्रगति हासिल गरेको हो । तीन महिनामा सङ्कलित राजस्व वार्षिक लक्ष्यको २० दशमलव ४५ प्रतिशत हो ।
कार्यालयका सूचना अधिकारी रामकुमार अधिकारीका अनुसार चालु आर्थिक वर्षमा ३४ अर्ब ९० करोड ६३ लाख ३१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको छ । यसमध्ये आयकरतर्फ चार अर्ब ४८ करोड ६५ लाख ५२ हजार, मूल्य अभिवृद्धि करतर्फ तीन अर्ब ३९ करोड ३८ लाख ८३ हजार र अन्तःशुल्कतर्फ २६ अर्ब ७० करोड ६८ लाख ७६ हजार सङ्कलन गर्ने लक्ष्य छ ।
त्यसैगरी घरभाडातर्फ पाँच करोड ८८ लाख १३ हजार र ब्याज आम्दानीतर्फ २३ करोड पाँच लाख १२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । यसबाहेक अन्य शीर्षकबाट रु दुई करोड ९७ लाख पाँच हजार राजस्व सङ¬्कलन गर्ने लक्ष्य रहेको छ ।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा पाँच अर्ब ९३ करोड ९२ लाख तीन हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा पाँच अर्ब ७१ करोड ४५ लाख ४९ हजार सङ्कलन भएको थियो । चालु आवको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा एक अर्ब ४२ करोड ३१ लाख ३१ हजार अर्थात् २४ दशमलव ९० प्रतिशत बढी राजस्व सङ्कलन भएको सूचना अधिकारी अधिकारीले जानकारी दिए ।
चालु आवको असोज मसान्तसम्म आयकरतर्फ ६७ करोड २१ लाख ७७ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा ८४ करोड २१ लाख १५ हजार सङ्कलन भएको छ । यो लक्ष्यको १२५ दशमलव २८ प्रतिशत हो । त्यस्तै मूल्य अभिवृद्धि करतर्फ ७२ करोड ६९ लाख २७ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा ७३ करोड ३९ लाख ७९ हजार अर्थात् लक्ष्यको १०० दशमलव ९७ प्रतिशत सङ्कलन भएको छ ।
अन्तःशुल्कतर्फ छ अर्ब एक करोड ६७ लाख ९६ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा पाँच अर्ब ४९ करोड १३ लाख ३० हजार अर्थात् लक्ष्यको ९१ दशमलव २७ प्रतिशत प्रगति भएको कार्यालयले जनाएको छ ।
त्यसैगरी घरभाडातर्फ एक करोड चार लाख ८१ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा एक करोड ३९ लाख ६२ हजार अर्थात् लक्ष्यको १३३ दशमलव २१ प्रतिशत राजस्व सङ्कलन भएको छ । ब्याज आम्दानीतर्फ छ करोड ४५ लाख २८ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा चार करोड आठ लाख ७७ हजार अर्थात् लक्ष्यको ६३ दशमलव ३५ प्रतिशत प्रगति भएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोजमा मात्रै दुई अर्ब ७७ करोड ४७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा तीन अर्ब ४१ करोड ३२ लाख २० हजार सङ्कलन भएको छ । यो मासिक लक्ष्यको १२ दशमलव शून्य एक प्रतिशत हो । गत आवको असोजमा रु दुई अर्ब २२ करोड ३४ लाख सात हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा रु दुई अर्ब ६५ करोड ३५ हजार राजस्व सङ्कलन भएको थियो ।
त्यसैबीच, आफ्नो व्यापार व्यवसायको विवरण समयमै नबुझाउने करदाताका लागि आर्थिक ऐन, २०८३ ले विभिन्न प्रकारका छुट सुविधा प्रदान गरेको छ । आगामी पुस मसान्तसम्म ती सुविधा लिन सकिने कार्यालयले जनाएको छ ।
छुट सुविधाबारे जानकारी गराउन करदाताका मोबाइलमा एसएमएस पठाउने तथा फोन गरेर अनुरोध गर्ने काम भइरहेको सूचना अधिकारी अधिकारीले बताए । यसका अतिरिक्त करदातासँग अन्तक्र्रिया गर्ने र बजार अनुगमन गर्ने कार्यलाई पनि कार्यालयले नियमित रूपमा अघि बढाएको उनले जानकारी दिए ।

























