काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नयाँ पत्रिकाको समाचार कक्षमा प्रहरीको हस्तक्षेपप्रति महासंघ शाखाद्वारा आपत्ति

546
shares

काठमाडौं । नयाँ पत्रिका दैनिकको समाचार कक्षमा सादा पोसाकमा आएका प्रहरी टोलीले प्रवेश गरी खोजतलास र धरपकडको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ नयाँ पत्रिका दैनिक प्रतिष्ठान शाखाको ध्यानाकर्षण भएको जनाएको छ । शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै यस कार्यको घोर भर्ना समेत गरेको छ ।

शाखाका अनुसार शुक्रबार साँझ (आज) साढे ५ बजे सादा पोसाकमा आएका सात जना प्रहरीको टोली नयाँ पत्रिकाको समाचार कक्षमा जबरजस्ती प्रवेश गरेको थियो । उनीहरूले नयाँ पत्रिका प्रतिष्ठानका पूर्वअध्यक्ष तथा खोज तथा अनुसन्धान ब्युरो संयोजक नवराज मैनालीलाई जबरजस्ती लैजान खोजेका थिए । अपराध अनुसन्धान कार्यालयबाट आएको बताउने उनीहरूले मैनालीलाई साइबर ब्युरोमा हाजिरी गराउन खोजेको बताएका थिए ।

बिना पक्राउ पुर्जी र कुनैपनि प्रयोजन नखुलाई मैनालीलाई लिएर जाने जिद्दीसहित प्रहरीहरू समाचार कक्षमा बसेको विज्ञप्तिमा जनाइएको छ । समाचारका विषयमा चित्त नबुझेमा सम्बन्धित कानुन आकर्षित हुने र प्रेस काउन्सिल नेपाल जान सकिने कानुनी व्यवस्था हुँदाहुँदै प्रहरीले यसरी कार्यलयभित्रै प्रवेश गरेर धरपकड खोज्नु खेदजनक रहेको शाखाले ठहर गरेको छ ।

नेपाल पत्रकार महासंघ नयाँ पत्रिका प्रतिष्ठान शाखाले प्रेस स्वतन्त्रतामाथि आघात पुग्ने यसप्रकारको कार्य तत्काल बन्द गर्न र पत्रकारको व्यावसायिक सुरक्षाको ग्यारेन्टी गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।