काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोशी प्रदेश सरकार निर्णय

588
shares

विराटनगर। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले तीन महत्त्वपूर्ण निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बू शेर्पाका अनुसार कोशी प्रदेश सरकार कार्य विभाजन पहिलो संशोधन नियमावली(२०८३ स्वीकृत गर्ने निर्णय भएको छ ।

कोशी प्रदेश सरकारले पर्यटकीय पूर्वाधार सञ्चालन तथा हस्तान्तरणसम्बन्धी कार्यविधि(२०८३ लाई मन्त्रिपरिषद्को आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा छलफल गरी मन्त्रिपरिषद्मा पेस गर्ने र कोशी प्रदेशमा सरकारी कामकाजको भाषा ऐन(२०८३ लाई १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द को १४१औँ जन्मजयन्तीको दिन कात्तिक २५ गते लागू हुने र सो दिन प्रदेशमा भाषा दिवसको रूपमा सबै कार्यालयमा दीपावली गर्ने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री शेर्पाले जानकारी दिए ।