काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ : सभामुख अर्याल

504
shares

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सम्भव भएसम्म संसदीय छलफलबाटै कानुन निर्माण गर्नुपर्नेमा जोड दिएको छन् । संविधानले दिएको अधिकार प्रयोग गरी सरकारले अध्यादेश ल्याउन सक्ने भए पनि सम्भव भएसम्म जनताको सर्वोच्च थलो संसद्बाट पर्याप्त छलफल गरी कानुन निर्माण गर्न उपयुक्त हुने धारणा उनले व्यक्त गरे ।

“संविधानले दिएको अधिकार प्रयोग गरेर अध्यादेश ल्याउने कुरालाई अन्यथा मान्नु हुँदैन । आवश्यकताका आधारमा राज्यले गर्ने निर्णयलाई सम्मान गर्नुपर्छ”, सञ्चारकर्मीसँग आज कुरा गर्दै आज उनले भने, “तर सदन चलाउन हामी तयार छौँ । सम्भव भएसम्म धेरैभन्दा धेरै छलफल सदनमै गरेर कानुन निर्माण गर्दा राज्यका सबै निकाय र नागरिकका लागि उपयुक्त हुन्छ ।”

कानुन निर्माणअघि धेरैभन्दा धेरै सरोकारवालाबीच बहस र छलफल हुनुपर्ने उनको भनाइ छ । संसद्मा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्र र जनताका विषय उठाउन पाउने तथा छलफलबाट बनेको कानुन बढी प्रभावकारी हुने उनले बताए । सरकारले कतिपय महत्त्वपूर्ण विषयका कानुन अध्यादेशमार्फत ल्याउन लागेको भन्ने चर्चाका बीच सभामुख अर्यालको सोे भनाइ आएको हो ।