वैकल्पिक बाटो तय भएसँगै पदमार्ग पुनः सञ्चालनमा
वि.सं.२०८३ कात्तिक १२ बिहीवार १५:४५
shares

रसुवा । लाङटाङ उपत्यका पदमार्ग (ट्रेक) वैकल्पिक बाटो तय भएसँगै पुनः सञ्चालनमा आएको छ ।
बाढीले पासाङ ल्हामु राजमार्ग र परम्परागत प्रवेशद्वार स्याफ्रुबेँसी क्षेत्रको पूर्वाधारमा क्षति पु-याए पनि पदयात्रीहरूको सुरक्षालाई ध्यानमा राख्दै नयाँ पर्यटकीय मार्गहरू खुला गरिएको हो ।
भोटेकोशी नदीमा आएको आकस्मिक बाढी का कारण अवरुद्ध बनेको विश्वप्रसिद्ध पदमार्ग ट्रेक ढिलै भए पनि सञ्चालनमा आउदा स्थानीयवासी भने खुसी भएका छन् ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र स्थानीय तहको सक्रियतामा बाढी प्रभावित क्षेत्रलाई छल्ने गरी सुरक्षित वैकल्पिक मार्गहरू निर्माण गरिएका छन् ।
हाल पर्यटकहरूका लागि जिल्ला सदरमुकाम धुन्चेबाट ठूलो भार्खु, ब्राबल, ठूलो स्याफ्रु हुँदै बम्बो, लामा होटल र लाङटाङगाउँ पुग्ने वातावरण मिलाइएको छ ।
हिमाल आरोहण र पदयात्राको यस सिजनमा सुरक्षित तवरले यात्रा गर्न र स्थानीय समुदायको आर्थिक पुनर्निर्माणमा योगदान पु¥याउन सरोकारवालाले पदयात्रीलाई निमन्त्रणा समेत गरेका छन् ।

























