काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दूधे रङ्गशालामा दुई हजार दर्शक क्षमताको अस्यायी प्यारापिट जडान

672
shares

ai logo सारांश

  • शिवसताक्षीस्थित दूधे रङ्गशालामा हुने दोस्रो संस्करणको झापा महिला गोल्डकपलाई दृष्टिगत गरी दुई हजार दर्शक क्षमताको आधुनिक अस्थायी प्यारापिट जडान गरिएको छ ।
  • मैदानको पूर्वतर्फ जडान गरिएको सो प्यारापिट दुई हजार दर्शक क्षमताको रहेको गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

झापा । शिवसताक्षीस्थित दूधे रङ्गशालामा हुने दोस्रो संस्करणको झापा महिला गोल्डकपलाई दृष्टिगत गरी दुई हजार दर्शक क्षमताको आधुनिक अस्थायी प्यारापिट जडान गरिएको छ ।

मैदानको पूर्वतर्फ जडान गरिएको सो प्यारापिट दुई हजार दर्शक क्षमताको रहेको गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

आगामी मङ्सिर ५ गतेदेखि सुरु हुने प्रतियोगितालाई लक्षित गरी निर्माण गरिएको प्यारापिट ग्याल्भनाइज्ड स्टिलका पाइप, रिङलक प्रणाली र प्लेटफर्म प्रयोग गरी तयार पारिएको उनले बताए।

प्रतियोगिता सम्पन्न भएपछि फुकालेर अन्यत्र लैजान सकिने भएकाले यस्तो संरचना ठूला खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा कन्सर्टका लागि उपयोगी हुनेछ ।

प्यारापिटको इन्जिनियरिङ डिजाइन, भार परीक्षण, रेलिङ, भ-याङ, आपत्कालीन निकास तथा सुरक्षा प्रमाणीकरणको व्यवस्था गरिएको छ ।

दूधे रङ्गशालाको पश्चिमतर्फ स्थायी प्यारापिट छ भने पूर्वतर्फ रिङलक प्रविधिको अस्थायी प्यारापिट निर्माण गरिएको छ । उत्तर र दक्षिणतर्फ बाँसका अस्थायी प्यारापिट निर्माण गर्ने तयारी छ । प्रतियोगिताका लागि रङ्गशालाको दर्शक क्षमता विस्तारसँगै दर्शक व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेतालाई ११ लाख पुरस्कार प्रदान गरिने छ भने उपविजेताले पाँच लाख ५० हजार प्राप्त गर्ने छ । प्रतियोगितामा नेपाल, भारत, भुटानसहित आठ टिम सहभागी हुनेछ । प्रतियोगिताको फाइनल खेल आगामी मङ्सिर १२ गते हुने सचिवालय प्रमुख हिमाल खरेलले बताए।