काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक छः मन्त्री पोखरेल

462
shares

बागमती। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक भएको बताएको छन् ।

बागमती विश्वविद्यालयद्वारा हेटौँडामा आयोजित दिवसीय ‘नेपालको उच्च शिक्षा प्रणाली सुदृढीकरणः प्रादेशिक विश्वविद्यालय व्यवस्थापन र समन्वय’ विषयक दुई दिवसीय गोष्ठीको उद्घाटन गर्दै मन्त्री पोखरेलले विश्वविद्याल सञ्चालन गर्दा औचित्य पुष्टि गर्ने गरी खोल्नुपर्ने बताए ।

विश्वविद्यालयहरू भूगोलको आवश्यकताअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले खोलिएका विश्वविद्यालयले भूगोलको आवश्यकता उक्त क्षेत्रले खोजेको रोजगारी जस्ता विषयलाई सम्बोधन गर्न सक्नुपर्ने बताए । सङ्घीय र प्रादेशिक विश्वविद्यालयबिचको सम्बन्ध तथा विश्वविद्यालय अनुदान आयोगको भूमिकाबारे देखिएको अन्योलता हटाउनुु आवश्यक भएको उल्लेख गर्दै उनले विश्वविद्यालय स्थापना पूर्वआयोगसँग परामर्श र समन्वय गरिएको भए वर्तमानमा देखिएका कतिपय समस्या उक्त समयमा नै समाधान हुन सक्ने बताए ।

संविधानअनुसार प्रदेशमा एकभन्दा बढी विश्वविद्यालय स्थापना गर्न सकिने भए पनि आगामी दिनमा खुल्ने विश्वविद्यालयका विषयमा सुरुदेखि नै आयोगसँग समन्वय गर्नुपर्नेमा उनको जोड छ । शिक्षामा लगानी गर्ने कुरामा सरकार पछि नहट्ने बताउँदै मन्त्री पोखरेलले आवश्यकता र उपलब्ध स्रोतका आधारमा लगानी बढाइने धारणा राखे । नतिजामुखी पाठ्यक्रमको निर्माण, प्रयोग र गुणस्तरको सुनिश्चितता सम्बन्धी व्यवस्था अब बन्ने ऐनमा स्पष्ट हुनु जरुरी रहेको उनको भनाइ थियो ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वविद्यालयबाट उत्पादित जनशक्ति रोजगार मात्र नभई समाजलाई योगदान गर्न सक्ने किसिमको हुनुपर्ने बताए । हाम्रा शैक्षिक संस्थाहरू समाजको आवश्यकतासँग जोडिनुपर्ने बताउँदै उनले बजारको वर्तमानको मागसँगै भविष्यमा आवश्यक पर्ने जनशक्तिको अनुमान पनि गर्नुपर्ने बताए । वर्तमान विश्व ज्ञान र नवप्रवर्तनमा आधारित भएको बताउँदै उनले समयको मागलाई आत्मसात् गर्नु आवश्यक हुने बताए ।

बागमती विश्वविद्यालयका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बागमती विश्वविद्यालयले समयसापेक्ष आवश्यकतालाई दृष्टिगत गरी पाठ्यक्रम तयार गरी अध्ययनअध्यापन गराइरहेको बताए । नेपालको शिक्षा प्रणालीमा गुणस्तर निर्धारण, नियन्त्रण तथा प्रवर्द्धन गर्ने स्वायत्त निकायको निर्माण हुन नसकेको उनले बताए । शुक्रबारसम्म चल्ने कार्यशालामा प्रदेशगत प्रस्तुति, विषय क्षेत्रगत समूह छलफल र प्रस्तुतिसँगै प्रदेश विश्वविद्यालय फोरम गठनलगायतका कार्यक्रम रहेको आयोजकले जनाएको छ ।